प्रदेश सरकार
लुम्बिनी प्रदेश
शिक्षा ,विज्ञान, युवा तथा खेलकुद मन्त्रालय
शिक्षा तथा सामाजिक विकास निर्देशनालय
सामाजिक विकास डिभिजन कार्यालय
तुलसीपुर, दाङ
गृहपृष्‍ठ हाम्रो बारेमा कर्मचारी विवरण नागरिक बडापत्र शैक्षिक गतिबिधि निर्देशिका तथा कार्यविधि सूचनाहरू फोटो ग्यालरी सम्पर्क
सामाजिक विकास डिभिजन कार्यालय उत्घाटन
२९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०७७ को अवसरमा आयोजित कार्यक्रम । ( मिति २०७७/०८/१८)
योजना अनुगमनको क्रममा रुकुम पुर्व जिल्लामा ।
३० औ‌ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०७७ को अवसरमा आज मिति २०७७ आश्विन १५ गते (१ अक्टोवर २०२०)
क्याम्पस भवनको पहिलो तला ढलानको तयारी: सिस्ने क्याम्पस, रूकुम पुर्व
    

वेगम के. सी.

कार्यालय प्रमुख
0082520256



    

निमकान्त आचार्य

अधिकृत एवं सूचना अधिकारी
082520256



परिचय

हाल मुलुकमा संघ प्रदेश र स्थानीय गरी ३ तहको सरकार रहेका छन् । प्रदेश नं. ५ को प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय रहेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७६ साल कार्तिक १८ गतेको निर्णयानुसार सामाजिक विकास मन्त्रालय तथा शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत प्रदेश भित्र स्थापित ६ वटा सामाजिक विकास डिभिजन कार्यालयहरु मध्ये यस सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको स्थापना भएको हो । यस डिभिजन कार्यालयको कार्यक्षेत्र दाङ तथा रुकुम पूर्व जिल्ला रहेको छ । यस डिभिजन कार्यालयको विधिवत उद्घाटन मिति २०७६ साल मंसिर १६ गतेका दिन सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालज्यूबाट भएको हो। साविक ब्याबसायिक तथा सीप बिकास तालीम केन्द्र दाङको भवनमा यो कार्यालय स्थापना भइ संचालनमा रहेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा शिक्षा तथा सामाजिक विकास निर्देशनालयको मातहतमा रही तोकिए लक्ष्यहरु प्राप्तिका निम्ति कार्य गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी हो । प्रदेश सरकारको निर्णय बमोजिम साविकको व्यावसायिक तथा सीप विकास तालिम केन्द दाङ समेत यसै कार्यालयमा समायोजन भएको छ ।कार्यालयमार्फत मुलुक र यस क्षेत्रमा व्याप्त गरिबी र बेराजगारी समस्याहरुलाई समाधान गर्ने अभिप्रायले छोटो तथा मध्यमकालीन ब्यवसायिक एवं सीपमुलक आधारभुत तालीमहरु कटाई सिलाई, बिद्युत जडान, प्लम्बीङ्ग, केशश्रृगार, बेल्डीङ्ग, इलेक्ट्रोनिक्स मर्मत, कम्प्युटर, अटोमेकानिक्स र मोटरसाईकल मर्मत लगायतका तालीमहरु समेत नियमित रुपमा हुदै आएको छन । साथै कार्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको राष्ट्रिय सीप परीक्षण केन्द्रसंग सहकार्य गरी सीप सिकेका व्यक्तिहरुको सीप परीक्षण कार्य समेत गराउदै आएको छ ।

सबै हेर्नुहोस्
ग्यालरी सबै हेर्नुहोस्