प्रदेश सरकार
लुम्बिनी प्रदेश
शिक्षा ,विज्ञान, युवा तथा खेलकुद मन्त्रालय
शिक्षा तथा सामाजिक विकास निर्देशनालय
सामाजिक विकास डिभिजन कार्यालय
तुलसीपुर, दाङ
गृहपृष्‍ठ हाम्रो बारेमा कर्मचारी विवरण नागरिक बडापत्र शैक्षिक गतिबिधि निर्देशिका तथा कार्यविधि सूचनाहरू फोटो ग्यालरी सम्पर्क

हाम्रो बारेमा

हाल मुलुकमा संघ प्रदेश र स्थानीय गरी ३ तहको सरकार रहेका छन् । प्रदेश नं. ५ को प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय रहेको छ । प्रदेश सरकार मन्त्रिपरिषदको मिति २०७६ साल कार्तिक १८ गतेको निर्णयानुसार सामाजिक विकास मन्त्रालय तथा शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत प्रदेश भित्र स्थापित ६ वटा सामाजिक विकास डिभिजन कार्यालयहरु मध्ये यस सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको स्थापना भएको हो । यस डिभिजन कार्यालयको कार्यक्षेत्र दाङ तथा रुकुम पूर्व जिल्ला रहेको छ । यस डिभिजन कार्यालयको विधिवत उद्घाटन मिति २०७६ साल मंसिर १६ गतेका दिन सामाजिक विकास मन्त्री माननीय सुदर्शन बरालज्यूबाट भएको हो। साविक ब्याबसायिक तथा सीप बिकास तालीम केन्द्र दाङको भवनमा यो कार्यालय स्थापना भइ संचालनमा रहेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा शिक्षा तथा सामाजिक विकास निर्देशनालयको मातहतमा रही तोकिए लक्ष्यहरु प्राप्तिका निम्ति कार्य गर्नु यस कार्यालयको मुख्य जिम्मेवारी हो । प्रदेश सरकारको निर्णय बमोजिम साविकको व्यावसायिक तथा सीप विकास तालिम केन्द दाङ समेत यसै कार्यालयमा समायोजन भएको छ ।कार्यालयमार्फत मुलुक र यस क्षेत्रमा व्याप्त गरिबी र बेराजगारी समस्याहरुलाई समाधान गर्ने अभिप्रायले छोटो तथा मध्यमकालीन ब्यवसायिक एवं सीपमुलक आधारभुत तालीमहरु कटाई सिलाई, बिद्युत जडान, प्लम्बीङ्ग, केशश्रृगार, बेल्डीङ्ग, इलेक्ट्रोनिक्स मर्मत, कम्प्युटर, अटोमेकानिक्स र मोटरसाईकल मर्मत लगायतका तालीमहरु समेत नियमित रुपमा हुदै आएको छन । साथै कार्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रको राष्ट्रिय सीप परीक्षण केन्द्रसंग सहकार्य गरी सीप सिकेका व्यक्तिहरुको सीप परीक्षण कार्य समेत गराउदै आएको छ ।

प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयलाई स्वास्थ्य, शिक्षा, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, सामाजिक सुरक्षा ,भाषा सस्कृति, पुरातत्व, युवा खेलकुद, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुको जिम्मेवारी तोकिएको छ ।यस मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका विभिन्न विषयहरुको प्रदेश स्तरीय कानून नीति मापदण्डहरुको निर्माण गर्नुपर्ने भएकोले मन्त्रालय हाल यिनै विषयमा केन्द्रित रहेको छ। साथै मन्त्रालयले आफ्नो विषय क्षेत्र भित्रका विभिन्न कार्यक्रमहरु निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।

स्वास्थ्य क्षेत्र तर्फका प्रदेश विकास स्वयंसेवकहरुको नियुक्ति तथा अभिमुखीकरण सम्बन्धमा

• शिक्षा • महिला बालबालिका तथा जेष्ठ नागरिक • युवा तथा खेलकुद • भाषा तथा लिपि • विज्ञान तथा प्रविधि • श्रम, रोजगार तथा सीप विकास • उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सामुदायिक क्याम्पसहरुको पुर्वाधार, सुचना तथा संचार, प्रविधि, पुस्तकालय, फर्निचर आदिमा सहयोग पुर्याउने कार्यक्रमको कार्यान्वयन गर्ने । • विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारद्वारा तोकिएका कार्यक्रमहरुको कार्यान्वयन गर्ने । • महिला हक हित, महिला शसक्तिकरण र लौङ्गिक समानता सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने । • लौङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण तथा अन्य कार्यक्रम कार्यन्वयन गर्ने । • वालवालिकाको हकहित संरक्षण सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने । • वालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, वालउद्धार कोष, वालसुधार तथा पुनर्स्थापना कार्यक्रमहरु कार्यान्वयन गर्ने । • ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण र सहयोग सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने । • युवाहरुको रोजजगारी र स्वरोजगारीका लागि प्रादेशिक नीति अनुरुपका कार्यक्रम तथा युवा वैज्ञानिक प्रोत्साहनका कार्यक्रमहरु कार्यान्वयन गर्ने । • खेलकुद सम्बन्धी प्रादेशिक नीतिको कार्यान्वयनका लागि खेलकुद पुर्वाधारको निर्माणमा सहयोग तथा खेलकुदका कार्यक्रमहरुको कार्यान्वयन गर्ने । • लोपोन्मुख, सिमान्तकृत, गरीव, जेष्ठ नागरिक लक्षित कार्यक्रमहरुको कार्यान्वयन गर्ने । • रोजगारी प्रवर्द्धन सम्बन्धी कार्यक्रम तथा रोजगारी र स्वरोजगारका लागि तालिम संचालन, वीउँपूजी तथा ऋण व्यवस्थापन सम्बन्धी कार्क्रमहरुको कार्यान्वयन गर्ने । • श्रमिक एवं श्रमिकहरुको सामाजिक सुरक्षा, श्रमशक्ति, श्रम बजार वीचको समन्वय र सहजिकरण गर्ने । • जिल्ला स्तरमा हुने विज्ञान प्रविधि सम्बन्धी कार्यक्रमको कार्यान्वयन गर्ने । • जिल्ला स्तरमा हुने खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रमको कार्यान्वयन गर्ने । • फोहरमैला व्यवस्थापनमा स्थानीय तहलाई सहजिकरण गर्ने ।